हामीसँग जोडिनुहोस

भेरी अस्पतालमा ४ कोरोना संक्रमितको ज्यान गयो

1 मिनेट

काठमाडौँ, २२ असोज ।
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार बर्दियाका ३ र दाङका एकजना गरी ४ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दाङ दंगीशरण गाउँपालिका– १ का ३७ वर्षीया महिलाको मृत्यु भएको छ। असोज १३ गते अस्पतालमा पीसीआर गरेका उनलाई त्यही दिन भर्ना गरिएको थियो। बर्दिया बारबर्दिया नगरपालिका– १ का ४२ वर्षीया महिलाको मृत्यु भएको छ। असोज १९ गते पीसीआर गर्दा कोरोना पोजिटिभ देखिएपछि उनलाई त्यही दिन भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरेको दुई दिनपछि उनको मृत्यु भएको छ। बर्दियाकै राजापुर नगरपालिका– ४ का ५२ वर्षीया महिलाको मृत्यु भएको छ। असोज ८ गते बर्दियामा पीसीआर गर्दा उनमा पनि कोरोना पोजिटिभ देखाएको थियो। त्यसको दुईदिनपछि उनलाई भेरीमा ल्याई भर्ना गरिएको थियो। बर्दियाको राजापुर नगरपालिका– ८ का ३५ वर्षीय पुरुषको मृत्यु भएको छ। भदौ ४ गते बर्दियामा पीसीआर गरेका उनलाई ५ गते भर्ना गरिएको थियो। महिनादिनको उपचारपछि उनको मृत्यु भएको छ। योसँगै बाँकेमा उपचार गर्न आएका बाहिरी जिल्लाका ४२३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।