हामीसँग जोडिनुहोस

पौडेल समूह तत्काल सरकारमा सहभागी नहुने

1 मिनेट

काठमाडौँ, २२ असोज ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको समूह तत्काल सरकारमा सहभागी हुने सम्भावना कम देखिएको छ । पार्र्टीको भागमा परेकामध्ये तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको पौडेल समूह भनेअनुसार नहुने भएपछि तत्काल सरकारमा सहभागी हुने सम्भावना न्यून देखिएको हो।
गत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा पौडेल समूहले तीन मन्त्रालय पाउनुपर्ने अडान राखेको थियो। तर पार्टी सभापतिसमेत रहेका प्रधामन्त्री शेरबहादुर देउवाले दुई मन्त्रालय मात्रै दिने बताएपछि पौडेल समूह छलफल निष्कर्षमा नपुग्दै बैठकबाट बाहिरिएको थियो।
त्यसअघि सोही दिन वरिष्ठ नेता पौडेलको निवास बोहराटारमा मन्त्रीका लागि सिफारिस गरिने नामका बारेमा छलफल गर्न उक्त समूहको बैठक बसेको थियो। बैठकमा पौडेल समूहका नेताहरूले मन्त्रालयको संख्या टुंग्याएर मात्रै नामका बारेमा छलफल गरिनुपर्ने सुझाव राखेको बताइएको छ।
बालुवाटारबाट बाहिरिएपछि पौडेल समूहले मन्त्रीको नामबारे समूहमा छलफल नगरेको बोहराटारनिकट स्रोतले जनाएको छ। स्रोतले शुक्रबार पौडेल समूहबाट मन्त्रिपरिषद्मा प्रतिनिधित्व हुने सम्भावना न्यून रहेको दाबी गरेको छ।
प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तारको तयारी गरिरहँदा महामन्त्री डा। शशांक कोइराला उपत्यकाबाहिर जानुलाई इतर समूह तत्काल सरकारमा सहभागी नहुने अनुमान गरिएको छ।
स्रोतका अनुसार महामन्त्री कोइराला सिन्धुपाल्चोकको मेलम्चीमा पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ जानुभएको हो । प्रधानमन्त्री देउवा पौडेल पक्षलाई दुई र कृष्णप्रसाद सिटौला समूहलाई एउटा मन्त्रालय दिने योजनामा हुनुहुन्छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।