हामीसँग जोडिनुहोस

मुगुमा जीप दुर्घटना, तीन जना घाइते

1 मिनेट

काठमाडौं, २३ असोज । मुगु जिल्लाको सोरु गाउँपालिकाको तारापानीबाट सदरमुकाम गमगडी बजारमा आउँदै गरेको जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। तारापानीबाट गमगडी आउने क्रममा फुली भन्ने ठाउँमा एक्कासी ब्रेक पाई भाँचिँदा जीप नियन्त्रण भन्दा बाहिर गई दुर्घटना भएको हो। करिब ३ सय मिटर तल खसेको जीप पूर्ण रुपमा क्षति भएको छ भने जीपमा सवार साहु वीरेन्द्र मल्लसहित हुम्ला सर्केगाड गाउँपालिकामा रहेको सिटिजन बैंकका शाखा प्रबन्धक जुम्ला घर भएका कलम सेजुवाल र उनसँगै गएका एक जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्र बहादुर भट्टराईले बताउनुभयो । शाखा प्रबन्धकको टाउकोमा गम्भीर चोट लागेपछि हवाईजहाजमार्फत नेपालगञ्ज लगिएको छ। छायाँनाथ रारा नगरपालिका( २ छत्याल बाडाका वीरेन्द्र मल्लको भे १ ज १०९९ नम्बरको गाडीमा सवार अन्य दुई जनालाई सामान्य चोट लागे पनि बैंक प्रबन्धक सेजुवाललाई टाउकोमा गम्भीर चोट लागेर नेपालगंज रिफर गरिएको र प्रबन्धकसँग गएका अर्का एक जना सामान्य घाईते भएकाले जिल्ला अस्पताल मुगुमा उपचार भैरहेको प्रहरीले जनाएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।