हामीसँग जोडिनुहोस

वीरगन्ज नाकाबाट सवारी साधनको आयातमा बृद्धि

1 मिनेट

पर्सा, २३ असोज । चाड पर्व नजिकिएपछि वीरगन्ज नाका हुँदै हलुका सवारी साधनको आयात ह्वात्तै बढेको छ । दसैं तिहार जस्ता चाड पर्वमा नयाँ सवारी साधन खरिद गर्ने चलन र बिक्रेताहरुले पनि यीनै पर्वको मौका छोपेर अफर ल्याउने भएकाले पनि जीप, कार जस्ता सवारी साधनको आयात साबिकको भन्दा झण्डै चार गुणाले बढेको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले १ साता यता जिप, कार जस्ता सवारी साधनको आयात उकालो लागेको बताउनुभयो । साताअघि सम्म दैनिक औसत २० वटा सम्म जीप,कार जाँचपास हुने गरेकोमा हालका दिनहरुमा भने दैनिक ६० देखि ८० वटा सम्म जीप, कार जाँचपास भइरहेको उहाँले बताउनुभयो । हाल दैनिक औसत ७८ करोड रुपैयाँ राजश्व यो भन्सारले संकलन गरिरहेको पौडेलले बताउनुभयो । जुन साविकको भन्दा झण्डै डेढ गुणा बढी हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।