
काठमाडैं, २३ असोज । देशभर हाल दशैँको चहलपहल बढिरहदा हालसम्म दशैँ मनाउनका लागि काठमाण्डु उपत्यकाबाट ४ लाख २२ हजार जना बाहिरिएका छन् । गएको असोज ११ गतेदेखि दशैँको लागि अग्रिम टिकट बुकिङ सुरु भएको थियो । अग्रिम टिकट सुरु भएदेखि आज १० बजेसम्म ६७ हजार १ सय १२ वटा सार्वजनिक गाडीबाट ४ लाख २२ हजार जनाले काठमाण्डु छोडेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले जानकारी दिनुभयो । हाल दशैँको लागि लुगा किन्नेहरुको भिड पनि बजारमा बढिरहेको छ ।