हामीसँग जोडिनुहोस

एभरेस्ट प्रिमियर लिगको उपाधि चितवन टाइगर्स को पोल्टामा

1 मिनेट

काठमाडौँ, २३ असोज
भीम सार्कीको ६३ रन तथा कमलसिंह ऐरीको चार विकेटप्रेरित चितवन पोखरा राइनोजलाई चार विकेटले हराउँदै एभरेस्ट प्रिमियर लिग ईपीएल ट्वान्टी–२० क्रिकेटको उपाधि जितेको छ । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको पोखराले १७।५ ओभरमा सबै विकेट गुमाएर १११ रन बनाएको थियो । ११२ रनको लक्ष्य चितवनले १५।५ ओभरमा ६ विकेट गुमाएर पूरा र्गयो । योसँगै चितवन पहिलोपटक उपाधि जित्न सफल भयो । पोखराले पनि पहिलोपटक ईपीएलको फाइनल खेलेको हो । यसअघि, ललितपुर प्याट्रियट्स, विराटनगर वारियर्स र पञ्चकन्या तेजले उपाधि जितेका थिए । चितवन र पोखरा यसअघि पनि दुईपटक आमने–सामने भएका थिए । दुवै खेलमा पोखराले कमजोर ब्याटिङ प्रदर्शन गरेको थियो । यसअघि, पनि दुवै खेलमा पहिले ब्याटिङ गरेको पोखराले लिग चरणको खेलमा १२३ र पहिलो क्वालिफायर्समा ६६ रन मात्र बनाउन सकेको थियो । आज पनि कमजोर ब्याटिङ प्रदर्शन गर्दा पोखराको पहिलोपटक उपाधि जित्ने सपना पूरा हुन सकेन ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।