हामीसँग जोडिनुहोस

ओली सुध्रिएलान् भन्ने आश छैन : अध्यक्ष नेपाल

1 मिनेट

काभ्रे, २३ असोज । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्वीकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने तर्क गर्नुभएको छ । काभ्रे जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको शुभकामना आदान(प्रदान गर्न आज बनेपामा आयोजित कार्यक्रममा उहाँले केपी ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताउनुभयो ।

एमालेमा ओलीले दास र एसम्यानु मात्रै खोजी गरेको भन्दै आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गर्नुभयो । पूर्वप्रधानमन्त्री रहनुभएका नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । विगतका कमजोरीबाट यो सरकार मुक्त हुन सकोस् भन्ने अपेक्षा गर्दै उनले गलत, अनुचित कार्य गरेर सरकारबाट हटाउने चेतावनी आफ्ना दलतर्फका मन्त्रीहरुलाई दिएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।