हामीसँग जोडिनुहोस

झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध

1 मिनेट

काठमाडौँ, ०३ कार्तिक ।
दुई दिनदेखि परेको अविरल बर्षाका कारण झापामा टेलिफोन, बिजुली र बिमानस्थल अबरुद्ध भएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाका अनुसार कन्काइ नदीले ४ दशमलब ३ को खतराको संकेत पार गरेर बस्तीमा पसेपछि जिल्लाका अधिकांश भाग जलमग्न छन ‘कतिपय ठाउँमा टेलिफोन सम्पर्क बिच्छेद भएको छ भने बिजुलीको पोल ढल्दा विद्युत सेवा अबरुद्ध छ । खतराको सीमा पार गरेको कन्काइ माइले गौरीगञ्ज, हुकलवारीलाई चारैतर्फवाट बाढीले घेरेका कारण मध्यरातदेखि उद्वारका लागि गरिएको प्रयास बिहानसम्म सफल हुन सकेको छैन् भने चौरीवस्ती, टप्पुलगायतका स्थानमा रहेका घरभित्र पानी पसेर स्थानीय विस्थापित भएका छन् । दमक, भद्रपुर, शिव सताक्षी, गौरीगञ्जसहित झापा गाउँपालिका बाढीले प्रभावित भए पनि अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रजिअ तिमिल्सनाले जानकारी दिनुभएको छ । कन्काइ नदी र रतुवा खोलालगायतमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३६१ परिवार विस्थापित भएका छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।