हामीसँग जोडिनुहोस

हाइटीमा अपहरण गरिएका अमेरिकीलाई मार्ने ः भिडियो सन्देशमार्फत धम्की

1 मिनेट

काठमाडौैँ, ०५ कात्तिक ।
हाइटीमा अपरहण गरिएका १६ अमेरिकीसहित एक क्यानडियनलाई अपहरणकारीले मार्ने धम्की दिएका छन्। । हिजो मावोजो नामक ग्याङका नेता विल्सन जोसेफले भिडियो सन्देशमार्फत फिरौती नदिए अपहरण गरिएका सबैलाई मार्ने धम्की दिएका हुन्। । सामाजिक सञ्जालमा भिडियो राख्दै जोसेफले माग पूरा नभए ती अमेरिकीको टाउकोमा गोली हान्ने बताएका छन्। । अलजजिराका अनुसार बन्दी बनाइएकालाई मुक्त गर्न सो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर माग गरेको छ । सो माग पूरा नभए सबैलाई मार्ने ग्याङले धम्की दिएको हो ।
इसाई धर्मको प्रचारमा पोर्टउ–प्रिन्सबाहिर ग्रामीण क्षेत्र जाने क्रममा उनीहरू शनिबार अपहरणमा परेका थिए । अपहरण हुनेमा १६ जना अमेरिकी नागरिक रहेका छन् भने एक जना क्यानडाका नागरिक रहेका छन्। जसमध्ये आठ महिने शिशुसहित पाँच जना बालबालिका रहेका छन्। । इसाई धर्मका प्रचारकहरू अपहरणमा परेपछि अक्टोबर १८ मा हाइटीका मजदुरहरूले असुरक्षा भएको भन्दै प्रदर्शनसमेत गरेका थिए । विभिन्न ग्याङहरूको हिंसात्मक गतिविधिले सुरक्षा महसुस नभएको भन्दै उनीहरूले आन्दोलन गरेका हुन्। । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।