
काठमाडौँ, ०७ कात्तिक ।
आजदेखि उद्योगी व्यवसायीहरुको साझा संस्था मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा सुरु हुँदैछ । आज बिहान १० बजेबाट संघको साधारणसभा कार्यक्रम सुरु हुने संघको प्रवक्ता काव्यमणि अधिकारीले जानकारी दिनुभयो । उहाँको अनुसार कोरोना जोखिम कायमै रहेकोले साधारणसभा भर्चुअल माध्यमबाट हुनेछ । सोमबार र मंगलबार संघको नयाँ कार्यसमितिको लागि निर्वाचन प्रक्रिया हुने अधिकारीले बताउनुभयो ।
कोभिड–१९ का कारण केही महिना ढिलो गरी हुन लागेको संघको निर्वाचनबाट नेतृत्व लिनका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल तथा पूर्व अध्यक्ष राजकुमार न्यौपाने प्यानलसहित चुनावी मैदानमा रहेका छन्। ।
वर्तमान कार्यसमितिका बहुमत सदस्यको साथ तथा पूर्व अध्यक्षहरुको आशिर्वाद लिएका अग्रवालको समूहबाट वाणिज्य तर्फको उपाध्यक्ष पदमा अनिल अग्रवाल रहेका छन् भने सदस्यमा कुलप्रसाद चौलागाईं, जावेद हुसेन, कृष्णप्रसाद ढुंगाना, दीपक खत्री, अनिलभक्त श्रेष्ठ, दामोदर पाठक, विकेशलाल श्रेष्ठ, कृष्णहरि बर्तौला, निलम पाण्डे र निलम बैद्य उम्मेदवार रहेका छन् ।
यस्तै उद्योगतर्फको उपाध्यक्षमा प्रमोदसिंह रानाभाट तथा सदस्यमा सन्तोषकुमार अर्याल, भुपेन्द्रप्रसाद अधिकारी, श्रीकृष्ण कर्माचार्य भाई, रुपकराज दाहाल र सीतादेवी भेटवाल उम्मेदवार रहेका छन्। ।