
काठमाडौँ, ०७ कात्तिक ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलबास चोकमा भारतीय नम्बरप्लेटको मोटरसाइकलबाट खसेर एक महिलाको मृत्यु भएको छ । हिजो बेलुका करिब ७ बजे भारतीय नागरिक ३५ वर्षीया महमुदा खातुन मोटरसाइकलबाट खसेकी थिइन् । स्थानीय गोदावरी अस्पतालमा उपचारको क्रममा बेलुका पौने ८ बजे उनको मृत्यु भएको जनाइएको छ । मोटरसाइकलसहित चालकलाई इलाका प्रहरी कार्यालय केशरगन्जले नियन्त्रणमा लिएको छ ।