हामीसँग जोडिनुहोस

अनुमानितभन्दा निकै कम लागतमा जीर्णाेद्धार

1 मिनेट

श्रावण १० । भक्तपुर नगरपालिकाले मन्दिर टौमढीस्थित पाँचतले मन्दिर जीर्णद्धारका लागि १ करोड ४६ लाख ३६ हजार ७ सय ४५ रुपैयाँ १३ पैसा लाग्ने अनुमान गरेको थियो । तर सो अनुमानभन्दा निकै कम रकम ५० लाखमै पुननिर्माण सकिएको जनाइएको छ । भैरवनाथ मन्दिर जीर्णोद्धार सहयोग उपभोक्ता समितिका अध्यक्ष न्हुँछेराम भेलेले जनताको सहयोगले यो सम्भव भएको बताउनुभयो । निकै कम खर्चमा जीर्णोद्धार हुनुको कारण स्थानीयबाट सकेको सहयोग पाउनु परेको भेलेले बताउनुभयो । २०७५ असोज २ गते सुरु गरिएको यो काम २०७६ असार मसान्त सम्ममा बाहिरी भागमा छानो लगाउने काम सम्पन्न भएको हो। पाँंचतल्ले मन्दिरजतिकै ठूलो यो मन्दिरलाई २०७२ सालको भूकम्पले क्षति पु–याएको थियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।