
काठमाडौँ, १६ कार्तिक ।
भैलो कार्यक्रम अक्टोबर ३० शनिबारको दिन सम्पन्न गरेको छ। अमेरिकाको भर्जिनिया राज्यमा कृयाशील नेपालीहरुको सामाजिक संस्था एएनएचएसले शिक्षा सदन सञ्चालनको लागि सहयोगार्थ हरेक वर्ष देउसी भैलो कार्यक्रम गर्दै आएको छ। नेपाली कला, सँस्कृति, रितिरिवाज र चाडपर्वको बारेमा नयाँ पुस्तालाई प्रोत्साहन गर्नको लागि आयोजना गरिने विभिन्न ठूला कार्यक्रमहरुमध्ये यो पनि पर्दछ। कार्यक्रममा अमेरिका नेपाल शिक्षा सदनमा अध्ययनरत विद्यार्थीहरुका प्रस्तुति लगायत विभिन्न अतिथिहरुका पनि प्रस्तुति रहेका थिए। विधिवत लक्ष्मीपूजा गरि शुरु गरिएको कार्यक्रममा आकर्षक साजसज्जासहित नेपाली परम्परागत शैलीमा विभिन्न परिकारहरुको साथमा पूजा आराधना गरिएको थियो। त्यसको संयोजन संस्थाका पूर्व अध्यक्ष कमला खरेलले गर्नुभएको थियो ।