हामीसँग जोडिनुहोस

सन् २०७० सम्म कार्बन उत्सर्जन शून्यमा झार्ने मोदीको घोषणा

1 मिनेट

काठमाडौँ, १६ कार्तिक ।
भारतले सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने घोषणा गरेको छ।स्कटल्यान्डको ग्लासगोमा भइरहेको जलवायु परिवर्तन सम्बन्धी सम्मेलन कोप(२६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०७० मा भारतले कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । चीनले सन् २०६० मा कार्बन उत्सर्जन शून्यमा झार्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल, भारतलगायत विश्वका १२० भन्दा बढी राष्ट्र तथा देशका प्रमुखहरू ग्लासगोमा कोप(२६ सम्मेलनमा उपस्थित भएका छन्। । सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा, भारतीय प्रधानमन्त्री मोदी, अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री बोरिस जोनसन लगायतले सम्मेलनमा भाषण गरेका थिए। भारत कार्बन उत्सर्जन गर्ने विश्वकै चौथो ठुलो मुलुक भए पनि जनसङ्ख्या बढी भएका कारण भारतले उत्सर्जन गर्ने पर क्यापिटाका कार्बन कम छ। यस्तै भारतले सन् २०३० सम्म कुल ऊर्जाको आधा नवीकरणीय ऊर्जा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । यस्तै सने २०३० सम्ममा कार्बन उत्सर्जन १ अर्ब टनले घटाउने लक्ष्य राखेको छ । मोदीको प्रतिविद्धताले विश्वका जलवायु परिवर्तन रोक्न लागि परेका अभियान्ताहरुलाई निराश पारे पनि भारतीय जनतालाई प्रभावित पारेका छन् । यो शताब्दीको अन्त्यसम्म पृथ्वीको तापक्रम १।५ डिग्री सेल्सियस भन्दा बढ्न नदिन सन् २०५० मा नै विश्वको कार्बन उत्सर्जनलाई शून्यमा झार्नु पर्ने वैज्ञानिकहरूले बताउँदै आएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।