
भक्तपुर, १६ कात्तिक : मध्यपराती जुवा तास खेलिरहेको समूहलाई महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले चार जनालाई पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
भक्तपुर नगरपालिका–७ गोल्मढी बस्ने ३८ वर्षीय राजेश खायमलीको जस्ताको टहरामा सञ्चालित किराना पसलमा जुवातास खेलाइरहेको अबस्थामा प्रहरीले गएराती चार जनासहित नगद ६९ हजार ७५० रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा जुवा तास खेलाउने खायमलीसहित सोही ठाउँका ४५ वर्षीय बलराम ग्वाछा, ३६ वर्षीय प्रबिन ग्वाछा र ४९ रविन श्रेष्ठ रहेको महानगरीय प्रहरी परिषसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो । पक्राउ परेका सबैलाई महानगरीय प्रहरी बृत्त जगाती राखेर आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको उहाँले जानकारी दिनुभयो ।