हामीसँग जोडिनुहोस

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा विदेशी लगानी साढे २४ प्रतिशतले बृद्धि

1 मिनेट

काठमाडौं, २२ कात्तिक । चालु आर्थिक वर्षको पहिलो दुई महिना ९साउन र भदौ० मा ३ अर्ब ४ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी ९एफडीआई० मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको भदौसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विदेशी लगानी करिब साढे २४ प्रतिशत बढेको हो । गत साउनमा भने विदेशी लगानी करिब साढे ६५ प्रतिशत घटेको राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षका भदौ र असारबाहेक सबै महिनामा विदेशी लगानी घटेको थियो । त्यतिबेला कोभिड संक्रमणका कारण विश्वव्यापी रूपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर परेको बताइएको छ । कोभिडको जोखिम कम बने पनि गत साउनमा विदेशी लगानी घटेको थियो । तर अपेक्षाविपरीत दोस्रो महिनामा विदेशी लगानी २४।६ प्रतिशत बढेको हो । गत भदौसम्म ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ विदेशी लगानी नेपाल भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी २ अर्ब ४४ करोड रुपैयाँ थियो । उक्त अवधिमा नयाँ लगानी नभई पहिल्यै स्वीकृत रकम आएको हुन सक्ने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालको भनाइ छ ।
पछिल्ला वर्षमा नेपाल भित्रिने विदेशी लगानीमध्ये अधिकांश हिस्सा जलविद्युत् आयोजनामा आउने गरेको छ । गत तीन आर्थिक वर्षमा मुलुक भित्रिएको एफडीआईमध्ये जलविद्युत् क्षेत्रमा आएको लगानी औसत ९० प्रतिशत हाराहारी रहेको राष्ट्र बैंकको तथ्यांक छ । नेपाल भित्रिएर लगानीमा रहेको कुल एफडीआईमध्ये सबैभन्दा धेरै भारतबाट आएको छ । नेपालमा रहेको कुल लगानीमध्ये भारतको हिस्सा ३१।५ प्रतिशत छ । उक्त अवधिसम्म भारतबाट ६२ अर्ब ४४ करोड रुपैयाँ विदेशी लगानी आएको देखिन्छ । भारतबाट आएको कुल लगानीमध्ये ३९।१ प्रतिशत उत्पादनमूलक, ४२।२ प्रतिशत बिजुली, ग्यास र पानी, २३ प्रतिशत बैंक तथा बिमा र ३।७ प्रतिशत अन्य क्षेत्रमा छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।