
काठमाडौं, २२ कात्तिक ।
जम्मु र कश्मीर मा भर्खरै भएका हिंसाका श्रृखलाहरुले पछिल्ला दशकहरुमा त्यहाँ पाकिस्तानी आतंकवादीहरु ले मारेका हजारौँ कस्मिरीहरूको सम्झना दिलाएको हो । फ्रेन्च पब्लीकेशनका विश्लेषक अनि लेखक ओलीभर गुलियार्ड भूराजनीतिका प्रखर ज्ञाता हुन् । उन्का अनुसार सन् १९८९ देखिको हिंसाका कारणले कश्मीर मा दसौँ हजार व्यक्तिहरूको हत्या भएको भनी सम्झना गरेका हुन् । जम्मुमा गैरस्थानीयहरु को श्रृखलावद्ध हत्यापछि यूनियन टेरिटरीमा ७०० जनालाई पक्राउ पनि गरिएको छ । ओलीभरले गत जनवरी १ देखि नै उल्लेखनीय भारतीय सेनाहरूले यस क्षेत्रमा भएको मुठभेडमा ज्यान गुमाएको उल्लेख गरेका छन् । अझ हालको समयमा आम नागरिक र राजनीतिज्ञहरूको हत्याको घटना बढ्दै गएको ओलीभरको ठहर छ । ओलीभरका अनुसार पछिल्ला ३ दशकदेखि नै पाकिस्तान समर्थित आतङ्कवादी समूहहरू र तिनको पृथकतावादी एजेन्डाले उक्त क्षेत्रलाई झनै तनावग्रस्त बनाएको छ । एजेन्सी ।