
काठमाडौं, २२ कात्तिक ।
भारतको छत्तीसगढस्थित सुकमा जिल्लामा एक सिआरपीएफ जवानले गोली चलाउँदा चार जवानको मृत्यु भएको छ ।गोली लागेर अन्य तीन जना घाइते भएका छन् । मरइगुडा प्रहरी स्टेशनभित्र एक जवानले गोली चलाउँदा उनीहरु मारिएका हुन् । यो घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन । एजेन्सी ।