
काठमाडौं,२३ कात्तिक ।
जिल्ला कारागार मोरङमा झडप भएको छ । झडपमा परेर ६ जना घाइते भएका छन्। । कारागारका कैदीबन्दीहरुले चौकीदार नाइकेविरुद्ध आन्दोलन गरेपछि आज बिहान १० बजे झडप भएको हो ।
कैदीबन्दीहरुले चौकीदार किरण गुरुङले शोषण गरेको भन्दै उनीसहित सहित १४ जनालाई एउटा कोठामा थुनिदिएका थिए । त्यसपछि झडपको स्थिति सिर्जना भएको थिया े। अहिले भने स्थिति सामान्य भइसकेको रामप्रसाद पोखरेलले नेपाल लाइभलाई जानकारी दिनुभयो । चौकिदारले अनाश्वयक यातना दिने, आर्थिक शोषण गर्ने जस्ता काम गरको कैदीबन्दीहरुले आरोप लगाएका छन्। ।
आजको झडफमा घाइते भएका ६ जनालाई उपचारका लागि अस्पताल पठाइएको जेलर पोखरेलले जानकारी दिनुभयो । घाइते हुने कैदीबन्दीमा चौकीदार गुरुङ र नाइकेहरु शेखर राई, निर्मल ढकाल, बिशाल मुक्ताङ, डिल्ली देवान र सूर्यदीप गुप्ता छन्। उनीहरुलाई उपचारका लागि कोसी अस्पताल विराटनगर पठाइएको पोखरेलले बताउनुभयो । झडप भएपछि झडपमा उत्रिने कैदीबन्दीलाई समेत अर्को कारागारमा सार्ने तयारी भएको पोखरेलले बताउनुभयो ।