हामीसँग जोडिनुहोस

पाकिस्तानी सामुद्रिक सुरक्षा एजेन्सीद्वारा भारतीय मछुवाराको हत्या, भारतको गम्भीर ध्यानाकर्षण

1 मिनेट

काठमाडौं,२३ कात्तिक ।
पाकिस्तानी सामुद्रिक सुरक्षा एजेन्सीको जहाजले भारतीय माछा मार्ने (मछुवारा)को डुङ्गामा गोली चलाउँदा एक भारतीय मछुवाराको मृत्यु भएको छ र अर्का एक जना घाइते भएको जनाइएको छ । यस बिना उक्साहट भएको गोलाबारी घटना लाई भारतले गम्भीरताका साथ लिएको छ । यस विषयमा अनुसन्धान भइरहेको र थप विवरण समयमै आदान प्रदान गरिने जनाइएको छ ।
यो घटना गुजरात तटको अरब सागरमा अन्तर्राष्ट्रिय समुद्री सीमा रेखा नजिक भएको भारतीय तट रक्षक र गुजरात प्रहरीले छुट्टाछुट्टै विज्ञप्तिमा जनाएको छ । मृत्यु हुनेमा महाराष्ट्र पाला घर जिल्लाका ३२ वर्षीय श्रीधर चामारे रहेका छन् । घाइते मछुवाराको गुजरातको ओखास्थित अस्पतालमा उपचार भइरहेको छ ।
हाल पाकिस्तानको भारतसँग विभिन्न मुद्दामा विवाद भइरहेको छ। पाकिस्तानका एनएसए मोइद युसुफले नोभेम्बर महिनाको १० तारिख मा अफगानिस्तानमा हुने क्षेत्रीय सुरक्षा संवादमा भाग नलिने बताएका छन्। ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।