हामीसँग जोडिनुहोस

माओवादीले आज धेरै विषयमा छलफल गर्दै

1 मिनेट

काठमाडौं,२३ कात्तिक ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी वैठक बसिरहेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बिहान साढे ११ बजेदेखि शुरु भएको बैठक अहिले पनि जारी छ । बैठकमा समसामयिक राजनीति, आसन्न राष्ट्रिय सम्मेलन, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल हुने बताइएको छ । माओवादी केन्द्रले पुसको दोस्रो साताका लागि राष्ट्रिय सम्मेलनको मिति तोकेको छ । पर्सि २५ गतेसम्म सदस्यता नवीकरण गरिसक्ने माओवादीको निर्णय छ ।
तर, ३० लाख पार्टी सदस्य बनाउने घोषणा गरेको माओवादीले आजसम्म पनि अपेक्षित रुपमा सदस्यता वितरण गर्न सकेको छैन । माओवादीले पहिलो पटक व्यवस्थित रुपमा सदस्यहरुको विवरण सफ्टवेयरमार्फत अद्यावधिक गर्न लागेको हो ।
माओवादीले यसअघि दुई पटकसम्म राष्ट्रिय सम्मेलनको कार्यतालिक हेरफेर गरिसकेको छ । निर्धारित मितिमा सदस्यता नवीकरण सम्पन्न हुने नदेखिएकाले त्यसबारे छलफल गर्न आज बैठक बोलाइएको एक नेताले जानकारी दिनुभयो । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नाराणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, पम्फा भुसाल, देवेन्द्र पौडेल, देव गुरूङ, शक्ति बस्नेतलगायतका नेताहरु सहभागी छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।