हामीसँग जोडिनुहोस

न्यायाधीशहरूद्वारा बन्दी प्रत्यक्षीकरण बाहेकका इजलास बहिस्कार

1 मिनेट

काठमाडौं,२३ कात्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतमा भद्र अवज्ञा गर्दै आएका सर्वोच्च अदालतका न्यायाधीशहरूले आज पनि इजलास बहिस्कार गरेका छन् । एउटा इजलासमा बन्दी प्रत्यक्षीकरणको रिट हेरे पनि अन्य न्यायाधीशहरूले इजलासमा बस्न इन्कार गरेका हुन् ।
हिजोको छलफलमा न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणका रिट हेर्ने र प्रधानन्यायाधीशसँग इजलास शेयर नगर्ने निर्णय गरेका थिए । प्रधानन्यायाधीशले आज आफू सहितका १० इजलास गठन गरेका थिए । यसअघि बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्र पेशीमा चढाउने गरिएकोमा आजदेखि सबैखाले मुद्दाको पेशी तोकिएको थियो ।
न्यायाधीश तेजबहादुर केसी र मनोज शर्माको इजलास बसेर बन्दी प्रत्यक्षीकरणको रिट हेरे पनि सो इजलासमा तोकिएका अन्य मुद्दामा सुनुवाइ भएन । सर्वोच्च अदालतको पेशी सूचीमा अन्य मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
प्रधानन्यायाधीश जबराले भने एकल इजलासमा बसेर मुद्दाको सुनुवाइ गरेका छन् । मन्त्रिपरिषद्मा भागबण्डा खोजेको, न्यायालयको गरिमा घटाउने गरी सेटिङ गरेको जस्ता आरोप लगाउँदै न्यायाधीशहरूले जबराको राजीनामा माग गरेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।