हामीसँग जोडिनुहोस

काठमाडाै फाेहर ब्यवस्थापन एक चुनाैती

1 मिनेट

काठमाडाै, श्रावन ११ । ब्यवस्थित फाेर मैला ब्यवस्थापन नहुँदा काठमाडाै बेला बेलामा फाेहरकाे डंगुर हुने गरेकाे छ ।  वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा पुगेकाे छ । तर पनि चाेकमा फाेहरकाे थुप्राे हटेकाे छैन । सफाइमा २० संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । तीन वटै सुरक्षा निकायको समेत सक्रियता रहेको  थियो ।  रुद्रमती सफाइ अभियानको २७८ औँ हप्तामा रुद्रपनेकु झोलुङ्गे पुलबाट सेतोपुल हुँदै फर्किएर रातोपुलसम्मको दायाँबायाँ किनारमाबाट दुई क्विन्टल फोहर व्यवस्थापन गरियाे ।      वाग्मती सुन्दरीघाट सफाइको १३३ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरियाे ।  आलोकनगर सफाइको १२१ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं। ३१ स्थित आलोकनगर मन्दिरबाट बानेश्वरका विभिन्न क्षेत्रमा सफाइ गरी बुद्धनगरस्थित यूएन पार्क क्षेत्रको वाग्मती सफाइ महाअभियान पुगेको जनाइएको छ ।     चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा गङ्गाहलबाट बालाजुचोकसम्म १०२ औँ हप्ताको सफाइ गरियो ।   मनोहरा सफाइको १२३ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो ।

    विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यका लगायत देशभर सफाइ जागरण फैलिएको छ । यति गर्दा गर्दै पनि फाेहर एक चुनाैती भएकाे छ । यसकाे लागि दिगाे कार्ययाेजना नबनाए अभियान सार्थकता नहाेला ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2023 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।