
काठमाडाै, श्रावन ११ । ब्यवस्थित फाेर मैला ब्यवस्थापन नहुँदा काठमाडाै बेला बेलामा फाेहरकाे डंगुर हुने गरेकाे छ । वाग्मती सफाइ महाअभियानको ३२४ औँ हप्तामा पुगेकाे छ । तर पनि चाेकमा फाेहरकाे थुप्राे हटेकाे छैन । सफाइमा २० संस्थाका ६०० भन्दा बढी अभियानकर्मीको सक्रियता थियो । तीन वटै सुरक्षा निकायको समेत सक्रियता रहेको थियो । रुद्रमती सफाइ अभियानको २७८ औँ हप्तामा रुद्रपनेकु झोलुङ्गे पुलबाट सेतोपुल हुँदै फर्किएर रातोपुलसम्मको दायाँबायाँ किनारमाबाट दुई क्विन्टल फोहर व्यवस्थापन गरियाे । वाग्मती सुन्दरीघाट सफाइको १३३ हप्तामा त्यस क्षेत्रमा सफाइ गरी एक टन फोहर व्यवस्थापन गरियाे । आलोकनगर सफाइको १२१ औँ हप्तामा काठमाडौँ महानगरपालिका वडा नं। ३१ स्थित आलोकनगर मन्दिरबाट बानेश्वरका विभिन्न क्षेत्रमा सफाइ गरी बुद्धनगरस्थित यूएन पार्क क्षेत्रको वाग्मती सफाइ महाअभियान पुगेको जनाइएको छ । चक्रपथ सफाइ अभियान २०७१ को आयोजनामा गङ्गाहलबाट बालाजुचोकसम्म १०२ औँ हप्ताको सफाइ गरियो । मनोहरा सफाइको १२३ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइ गरियो ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानपछि उपत्यका लगायत देशभर सफाइ जागरण फैलिएको छ । यति गर्दा गर्दै पनि फाेहर एक चुनाैती भएकाे छ । यसकाे लागि दिगाे कार्ययाेजना नबनाए अभियान सार्थकता नहाेला ।
Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






