हामीसँग जोडिनुहोस

नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडा गर्ने

1 मिनेट

काठमाडौँ, २४ मंसिर ।
नेपाल राष्ट्र बैंकले डलर सटहीमा थप कडा गर्ने भएको छ । बैंकको विदेशी मुद्रा व्यवस्थापन विभागले मुद्रा सटही ऐनका लागि बनेको एकीकृत परिपत्र–२०७६ संशोधन गर्दै वैदेशिक रोजगारीमा जाने कामदारहरुको डलर सटही सुविधा घटाएको हो ।
बिहीबार परिपत्र संशोधन गर्दै बैंकले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी बापत अधिकतम अमेरिकी डलर २०० सम्म सटही सुविधा उपलब्ध गराउन ‘क’ र ‘ख’ वर्गका वाणिज्य बैंक र विकास बैंकलाई निर्देशन गरेको छ ।
यसअघि २५० देखि ५०० डलरसम्मको सटही सुविधा प्रदान गरिएको थियो । तर, वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया जाने नेपाली कामदारहरूका लागि भने यो व्यवस्था बाध्यकारी नहुने बैंकले जनाएको छ । कोरिया जाने नेपाली कामदारहरूले कोभिड–१९ का कारण क्वारेन्टिन खर्च वापत सो व्यहोरा खुल्ने वैदेशिक रोजगार विभागको सिफारिस पत्र समेतको आधारमा थप अधिकतम अमेरिकी डलर १५०० सम्म साट्न पाउने बैंकले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।