हामीसँग जोडिनुहोस

माओवादी केन्द्रको प्रदेश २ अधिवेशनको उद्घाटन भोली जनकपुरधाममा हुने तय

1 मिनेट

काठमाडौँ, २४ मंसिर ।
नेकपा माओवादी केन्द्रको प्रदेश २ अधिवेशनको उद्घाटन शनिबार जनकपुरधाममा हुने तय भएको छ । शुक्रबार जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गर्दै नेकपा माओवादी केन्द्र प्रदेश २ का संयोजक प्रह्लाद बुढाथोकीले अधिवेशनको तयारी पूरा भएको जनाउनुभएको छ ।
अधिवेशनमा प्रदेश २ का एक सय ३६ पालिकाबाट ६ सय र मनोनित गरी एक हजार प्रतिनिधि सहभागी उहाँले जनाउनुभएको हो । उहाँले यही पुस ३ गतेको बन्द सत्रबाट नयाँ कार्यसमिति चयन हुने हुँदा त्यस अवधिभित्र बाँकी रहेका पालिकाको अधिवेशन सम्पन्न गरिने संयोजक बुढाथोकीले बताउनुभएको छ । प्रदेश २ मा एक सय ३६ पालिकामध्ये ३० वटा पालिकामा अधिवेशन हुन बाँकी छ । प्रदेश अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल मार्फत सात वटै प्रदेशमा एकै पटक सम्बोधन गर्नुहुने छ ।
माओवादी केन्द्रको प्रदेश अधिवेशन जनकपुर उद्योग बाणिज्य संघको सभा हलमा हुने छ । प्रदेश २ अधिवेशनको उद्घाटन सत्रमा माओवादी केन्द्रका स्थायी समिति सदस्यत्रय मात्रिका प्रसाद यादव, गिरीराजमणि पोखरेल र गणेश साहलगायतका नेताले पनि सम्बोधन गर्नुहुने छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।