हामीसँग जोडिनुहोस

एमाले केन्द्रीय समितिको दोस्रो बैठक भोलि र पर्सि भक्तपुरमा बस्ने

1 मिनेट

काठमाडौँ, २४ मंसिर ।
अघिल्लो साता चितवनमा सम्पन्न दशौं महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय समितिको दोस्रो बैठक भोलि र पर्सि भक्तपुरमा बस्ने भएको छ । भोलि हुने भनिएको केन्द्रीय समिति बैठक जर्मन हाउस हस्पिटालिटी,गठ्ठाघर,भक्तपुरमा बिहान ११ बजे डाकिएको छ । बैठकको कार्यसूचीमा १५ वटा एजेण्डा राखिएको छ । जसमा बाँकी केन्द्रीय सदस्यहरुको शपथग्रहण, महाधिवेशनको समीक्षा र बाँकी सदस्यहरुको मनोनयन भनिएको छ ।
त्यसैगरी पोलिटब्युरो गठन,स्थायी कमिटीको गठन,केन्द्रीय सल्लाहकार परिषद् गठन,कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन एवम् प्रदेश र जिल्ला अधिवेशनको मिति निर्धारण गर्ने भनिएको छ । त्यस्तै विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि,केन्द्रीय कार्यालय व्यवस्थापन, महाधिवेशनको सन्देश तथा पार्टी प्रवेश अभियान,वरियताक्रम निर्धारण र जनसंगठनको सुदृढिकरण अभियानबारे निर्णय गरिने कार्यसूचीसमेत जानकारी गराइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।