
काठमाडौँ, मंसिर २४ ।
भारत बहुपक्षीय फोरमहरूसहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन आफ्ना साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले आयोजना गरेको लोकतन्त्रको शिखर सम्मेलनमा भाग लिएको भोलिपल्ट प्रधानमन्त्री मोदीको उक्त भनाइ आएको हो । विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको रूपमा, भारत बहुपक्षीय फोरमहरूसहित विश्वव्यापी रूपमा लोकतान्त्रिक मूल्यहरूलाई बलियो बनाउन साझेदारहरूसँग काम गर्न तयार रहेको प्रधानमन्त्रीको ट्वीटमा उल्लेख गरिएको छ।