
काठमाडौं, २८ मंसिर ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत सभापति पदका लागि भएको निर्वाचनको मतगणना जारी छ। पछिल्लो अपडेट अनुसार ४२७६ मत गणना भइसकेको छ । निर्वाचनमा ४६७९ मत खसेको थियो । त्यसैले अब ४०३ मत मात्रै गन्न बाँकी छ । यही मतभित्रबाट उम्मेदवारहरुले जितका लागि आवश्यक पचास प्रतिशत मत कटाउनुपर्ने छ ।
उम्मेदवारमध्ये शेरबहादुर देउवाले सर्वाधिक २०४६ मत पाएका छन्। उनका लागि अब २९४ मत आवश्यक छ । त्यस्तै, शेखर कोइरालाले १६१५ मत पाएका छन्। । उनले जितका लागि ७२५ मत पाउनुपर्ने छ । पहिलो चरणमै उनको जित अब असम्भव छ।
त्यस्तै, १९ मत ल्याएका कल्याण गुरुङ, २३८ मत ल्याएका विमलेन्द्र निधि र ३३५ मत ल्याएका प्रकाशमान सिंहले भने दोस्रो चरणको मतदान भएमा प्रतिस्पर्धी बन्न पाउने छैनन्। ।