हामीसँग जोडिनुहोस

टोलीमा कोरोना संक्रमण पुष्टि भएपछि रोकियो म्यानचेस्टर युनाइटेडको खेल

1 मिनेट

काठमाडौं, २८ मंसिर ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आज राति हुने तय भएको म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डबीचको खेल स्थगित भएको छ । युनाइटेडका खेलाडीमा कोरोना संक्रमण देखिएसँगै उक्त खेल स्थगित भएको हो । चिकित्सकहरुले दिएको मापदण्डअनुसार नै उक्त खेल स्थगित गर्ने निर्णय भएको जनाइएको छ । यसअघि युनाइटेडले संक्रमण नियन्त्रणका लागि भन्दै मैदानमा गरिने अभ्यास रोकेको थियो ।
पछिल्लो एक सातामा मात्र लिगका ४२ जना खेलाडी र कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । यसअघि आइतबार हुने ब्रिंटोन र टोटनह्यामबीचको खेल पनि स्थगित भएको थियो । शनिबार नर्विचसँगको खेलअघि गरिएको परीक्षणमा युनाइटेडका सबै खेलाडीमा कोरोना नेगेटिभ पाइएको थियो तर आइतबार गरिएको परीक्षणमा भने केही खेलाडीमा संक्रमण पुष्टि भएको हो। युनाइटेडले खेलाडी र कर्मचारीको स्वास्थ्यलाई ध्यानमा राख्दै खेल स्थगित भएको भन्दै उक्त खेलको तालिका मिलाउन युनाइटेडले आग्रह गरेको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।