
काठमाडौं, २८ मंसिर ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले कार्यकर्ताका लागि बोलाएको चियापान कार्यक्रममा शेरबहादुर देउवा पुगेका छन्। । सभापतिका उम्मेदवारसमेत रहेका देउवा पौडेलले लैनचौर ब्याङकेटमा आयोजना गरेको कार्यक्रममा पुगेपछि कार्यकर्ताले विरोधसमेत गरे । ब्याङ्केटमा भेला भएका कार्यकर्ताहरूले सभापतिका उम्मेदवार शेखर कोइरालाको पक्षमा नाराबाजी गर्दै देउवालाई बोलाएकोमा विरोध गरेका थिए ।
कार्यकर्ताले विरोध गरेपछि सम्बोधन गर्न मञ्चमा पुगेका पौडेलले तीन पटकसम्म कोसिस गरे पनि बोल्न पाएनन्। सभापतिका उम्मेदवार कोइरालाले भने कार्यकर्तालाई सम्बोधन गरेका थिए । कार्यक्रममा देउवाले सम्बोधन गर्न पाएनन्। पहिलो चरणको निर्वाचनमा देउवा र कोइराला दुबैले ५० प्रतिशतभन्दा बढी मत नपाएकाले दोस्रो चरणको निर्वाचन हुँदैछ ।