
काठमाडौं, २८ मंसिर ।
भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ४८ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ४७ लाख ३ हजार ५ सय ८ पुगेको छ । यस्तै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ७५ हजार ६ सय ४० जना पुगेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ७३ जना निको भएका छन् । भारतमा हालसम्म कोरोनासंक्रमणबाट मुक्त हुनेको संख्या ३ करोड ४१ लाख ३० हजार ७ सय ६८ पुगेको छ । सक्रिय संक्रमितको संख्या ९७ हजार १ सय रहेको छ । एजेन्सी ।