हामीसँग जोडिनुहोस

म्यानमारको सैनिक हिरासतमै फोटो पत्रकारको मृत्यु

1 मिनेट

काठमाण्डौँ, २९ मंसिर ।
म्यानमारका एक स्वतन्त्र फोटो पत्रकार सैनिक हिरासतमै मृत्यु भएको बताइएको छ । गत साता पक्राउ परेका को सोए नाइङको सैनिक हिरासतमै मृत्यु भएको उहाँको परिवार र आफन्तहरूले बताएका छन् । म्यानमारमा जारी जनप्रदर्शनको तस्बिर खिच्ने क्रममा गत साता उहाँ पक्राउ परेका थिए । गत फेब्रुअरीमा म्यानमारको सेनाले कू गरेपछि १ सय भन्दा धेरै पत्रकारहरूलाई पक्राउ गरिसकेको छ । तीमध्ये आधाजसो रिहा भएका छन् । पक्राउ परेका अन्य पत्रकारहरूबारे औपचारिक जानकारी आएको छैन । यस क्रममा पक्राउ परेका केही मानिसहरूको शव भने भेटिएको बताइएको छ । गत साता भएको मौन प्रदर्शनमा फोटो पत्रकार नाइङ तस्बिर खिचिरहेको अवस्थामा सेनाबाट पक्राउ परेका हुन् । महिनौंदेखि म्यानमारको संकटबारे बारम्बार समाचार सामग्री प्रकाशनको काममा को सोएको पनि भूमिका देखिएको थियो । एजेन्सी ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।