
काठमाडौं,५ पौष ।
प्रधानमन्त्री कप २९७८ का लागि काठमाडौं जिल्ला क्रिकेट संघले छनोट सुरु गरेको छ । मुलपानीको तल्लो मैदानमा आइतबारदेखि पुरुष सिनियर टिमको छनोट सुरू भएको हो। पहिलो दिन ओएसिस क्रिकेट एकेडेमी विजयी भएको छ। ओएसिसले हिमालयन क्रिकेट एकेडेमीलाई ३१ रनले हरायो।
यस्तै अर्को खेलमा एन्जल्स एससीएले केसीटीसीलाई २ विकेटले पराजित गरेको छ । आइतबार भएको उद्घाटनमा बागमति प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यात प्रमुख अतिथिको रूपमा उपस्थित थिए।
यस्तै क्यानका केन्द्रीय सदस्य छुम्बी लामा र काठमाडौं जिल्ला क्रिकेट संघका अध्यक्ष अमितवीर पाण्डे अतिथि थिए ।