हामीसँग जोडिनुहोस

प्रदेश १ र बाग्मतीमा सर्वसम्मत हुन नसकेपछि अब चुनावमार्फत नेतृत्व चयन

1 मिनेट

काठमाडौं,५ पुष ।
नेकपा माओवादी केन्द्रको प्रदेश अधिवेशनमा प्रदेश नम्बर १ र बागमती प्रदेशमा सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सबै प्रदेशमा सहमतिकै माध्यमबाट नेतृत्व र पदाधिकारी चयन गर्न निर्देशन भएको तापनि यी दुईवटा प्रदेशमा भने कसैको नाममा पनि सहमति जुट्न सकेन ।
सर्वसम्म हुन नसकेपछि अब यी दुईवटा प्रदेशमा चुनावमार्फत नेतृत्व चयन हुने भएको छ । यसमा अध्यक्ष प्रचण्डले पनि चुनावमार्फत भए पनि नेतृत्व चयन गर्न निर्देशन दिएको स्रोतको भनाइ छ ।
गत मंसिर २५ र २६ गते विराटनगरमा प्रदेश १ को अधिवेशन भएको थियो । प्रदेश अध्यक्षसहित पदाधिकारीमा धेरै आकांक्षी देखिएपछि पदाधिकारीको टुंगो लाग्न सकेको छैन । अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरे तापनि पदाधिकारी भने सहमतिमार्फत चयन हुन नसकेको हो । प्रदेश अध्यक्षमा ६ जनाको दाबी परेको छ, तर सर्वसम्मत हुन नसकेपछि अब चुनावमा गएर टुंगो लगाइने भएको छ ।
यस्तै बाग्मती प्रदेशमा मंसिर २५ मा सम्मपन्न अधिवेशनले २७१ सदस्यीय कार्यसमिति चयन गरेको छ । तर प्रदेश अध्यक्ष र पदाधिकारीहरुको भने टुंगो लाग्न सकेको छैन । यसमा पनि सर्वसम्मतिका प्रयासहरु असफल भएपछि अब चुनावमार्फत नै नेतृत्व र पदाधिकारी चयन हुने भएको छ ।
बागमती प्रदेश नेतृत्व चयन गर्न आजै चुनावी प्रक्रिया सुरू हुँदैछ । स्रोतका अनुसार बिहान ११ बजे काठमाडौमा रहेको अनुपम फुडल्यान्डमा बाग्मती प्रदेश नेतृत्व चयनका लागि चुनावी प्रक्रिया सुरु हुन लागेको हो । बाग्मतीमा अध्यक्षका लागि देवीप्रसाद ढकाल (डीपी), दिनानाथ गौतम, विशाल खड्कालगायत आंकाक्षीले नाम अघि सारेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।