हामीसँग जोडिनुहोस

रेलिगेशन जोनको काडिजसँग रियलको बराबरी

0 मिनेट

काठमाडौँ, ०५ पुष ।
स्पेनिस ला लिगाको उपाधि यात्रामा ६ अंकको अग्रता बनाएको रियल मड्रिड रेलिगेशन जोनमा रहेको काडिजसँग गोलरहित बराबरीमा रोकिएको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा रियलले बल पोसेसनमा पकड बनाएपनि गोल गर्न सकेन । आधिकांश समय आफ्नो नियन्त्रणमा खेल राखेको रियलका कप्तान करिम बेन्जेमा, भिनिसिअस जुनियर र इडेन हाजार्ड अग्रपंक्तिमा चुकेका थिए । बराबरीसँगै रियल १८ खेलबाट ४३ अंकसहित शीर्ष स्थानमा यथावत छ । एक खेल कम खेलेका सेभिया ३७ अंकसहित दोस्रो स्थानमा छ । रियललाई रोकेको काडिज भने १४ अंकसहित १९औँ स्थानमा छ । एजेन्सी ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।