हामीसँग जोडिनुहोस

कोशीटप्पु वन्यजन्तु आरक्षमा आजबाट चरा गणना सुरु

1 मिनेट
Nepali mahouts on an elephant cross the Rapti River in Sauhara of Chitwan, on Monday, December 27, 2016. Photo: Bal Krishna Thapa/THT

काठमाडौं, १७ पुष ।
आजदेखि कोशीटप्पु वन्यजन्तु आरक्षमा चरा गणना सुरु भएको छ । हरेक वर्ष पुसमा हुने चरा गणनाको यो ३५औं गणना हो । सयौंको संख्यामा एकै झुण्डमा पाइने चरा अहिले स(साना झुण्डमा देखिने गरेको बताइएको छ । कोशी पंक्षी समाजका अध्यक्ष संजीव आचार्यका अनुसार यस वर्षको पाँच दिने चरा गणनामा ३० जनाको समूह परिचालित छ।
कोशी पंक्षी समाज, बराहक्षेत्र नगरपालिका, कोशीटप्पु लर्निङ ग्राउन्डस्, राष्ट्रिय प्रकृति संरक्षण कोष, हिमाली प्रकृति, कोशी पंक्षी अध्ययन केन्द्र, कोशीटप्पु वन्यजन्तु आरक्ष, नेपाली सेना, केटीके बेल्ट, जेडएसएल नेपाल, नेपाल पंक्षीविद् संघलगायतका संस्था चरा गणनामा सहभागि भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । कोशीटप्पु वन्यजन्तु आरक्ष भित्रको चरिचरनले चराको स्वर्ग भनेर चिनिने यस क्षेत्रमा युरोपदेखि आउंने चराको संख्या घट्दै गएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।