
काठमाडौं, १७ पुष ।
अभिनेत्री अदिती बुढाथोकीलाई कोरोना संक्रमण भएको छ । उहाँले आफ्नो इन्स्टाग्राममार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको हो ।
‘मैले कोभिड १९ को परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको छ । मलाई सामान्य लक्षण देखिएपछि कोरोना परीक्षण गराएको थिएँ । अहिले मैले आफूलाई आफैंदेखि अलग राखेको छु । जो कोही केही दिनदेखि मेरो सम्पर्कमा हुनुहुन्थ्यो, कृपया परीक्षण गराउनुहोला ।’ उहाँले इन्स्टाग्राम स्टोरीमा लेख्नुभएको छ । अदितीले विगत लामो समयदेखि मुम्बईमा बसेर मोडलिङ गर्दै आउनुभएको छ ।