हामीसँग जोडिनुहोस

पाल्पामा जिप दुर्घटना हुँदा पाँच जना घाइते

1 मिनेट

काठमाडौं, १९ पुष ।
पाल्पामा सोमबार बिहान जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । घाइते हुनेमा पूर्वखोला गाउँपालिका ६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारु, २९ वर्षीय प्रेम सिञ्जाली र ४६ वर्षीया पविसरा सारु रहेका छन् । घाइतेमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । हेक्लाङबाट तानसेन जाँदै गरेको लु१ज २६०७ नम्बरको जिप अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेको थियो । दुर्घटनास्थल पूर्वखोला गाउँपालिका(६ लाँकुरीस्थित सेर्काबास(हेक्लाङभित्रको कच्ची सडकखण्ड हो । घाइते सबैको युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

naikap mahotsab

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।