हामीसँग जोडिनुहोस

स्थानीय तहको चुनाव निर्धारित समयभित्रै गर्ने सहमति

1 मिनेट

काठमाडौं, ०५ माघ ।
उच्चस्तरीय राजनीतिक समन्वय समितिको बालुवाटारमा बसेको मंगलबारको बैठकले स्थानीय तहको चुनाव निर्धारित समयभित्रै गर्ने सहमति गरेको छ। तर, निर्धारित समय संविधान अनुसार कि ऐन अनुसार भन्नेमा भने सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरू सम्मिलित बैठक प्रस्ट हुन नसकेको बताइएको छ ।
स्थानीय तहको निर्वाचनबारे संविधान र ऐनमा फरक–फरक व्यवस्था छ। स्थानीय तह निर्वाचन ऐनमा गाउँ सभा वा नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा २ महिना अगाडि चुनाव गर्नुपर्ने व्यवस्था छ। तर, संविधानमा कार्यकाल सकिएको ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ। स्थानीय तहको निर्वाचनबारे ऐन र संविधान बाझिँदा गठबन्धनले कहिले स्थानीय तहको निर्वाचन गर्ने भन्नेबारेमा तय गर्न सकेको छैन। निर्वाचनबारेमा आ–आफ्नो दलमा छलफल गरेर फेरि भोलि बस्ने बैठकले निर्णय गर्ने बैठकमा सहभागी नेताहरूले बताएका छन्।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।