हामीसँग जोडिनुहोस

‘मधेस’ प्रदेश नामकरण भएपछि प्रचण्डद्धारा सांसद र जनतालाई शुभकामना

1 मिनेट

काठमाडौँ, ०५ माघ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश २ को नाम ‘मधेस’ प्रदेश भएपछि प्रदेशका सांसद र जनतालाई बधाई तथा शुभकामना दिनुभएको छ । प्रदेश संसदको दुई तिहाइ बहुमतले प्रदेशको नाम ‘मधेस’ टुंग्याएको दुई दिनपछि प्रचण्डले बधाईसहित शुभकामना दिनुभएको हो । ‘मधेस’ प्रदेश माओवादी पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्मअनुसार भएको पनि प्रचण्डले बताउनुभएको छ । उहाँले हार्दिक बधाई दिदै आफ्नो पार्टीले उठाउँदै आएको पहिचानसहितको संघीयताको मर्म अनुसार नै प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकाम राजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ । ८ सांसद रहेको माओवादीले मधेस प्रदेशको पक्षमा उभिएपछि प्रदेशको सत्ता नेतृत्व दल जनता समाजवादी पार्टी, प्रमुख विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीलाई मधेस प्रदेशको पक्षमा दुई तिहाइ बहुमत जुटाउन सहज भएको थियो । दुई तिहाइ बहुमतका लागि अन्य पार्टीका पनि १७ जनाले मतदान गरेका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।