
काठमाडौं,०६ पुष ।
राष्ट्रियसभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र लोकतान्त्रिक समाजवादी लोसपा बीच मधेस प्रदेशमा गठबन्धन हुने भएको छ । आउँदो १२ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । आज जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर दुवै दलले गठबन्धनको घोषणा गर्नुभएको हो । एमाले प्रदेश कमिटी रामऔतार यादव र लोसपाका प्रदेश अध्यक्ष जितेन्द्र सोनलले सहमति पत्रमा हस्ताक्षर गर्दै एमालेका उम्मेदवार उसमान अन्सारी र लोसपा उम्मेदवार रिता यादवलाई मतदान गर्न आव्हान गर्नुभएको छ ।