हामीसँग जोडिनुहोस

राष्ट्रिय सभा निर्वाचनको स्वास्थ्य सुरक्षा मापदण्ड

1 मिनेट

काठमाडौं,०६ पुष ।
निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनमा आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर २० बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने भएको हो । मापदण्डअनुसार कोरोना संक्रमण पुष्टि भएका मतदाताहरुलाई प्राथिमकताका साथ छुट्टै लाइनमा राखेर अन्य मतदानको व्यवस्था गराइएको छ । कोरोना संक्रमितहरूले पन्जा, मास्क र फेस सिल्डको प्रयोग अनिवार्य गरेर मतदान गर्न पाउने आयोगले बताएको छ । संक्रमितहरूले मतदान गर्दा मतदानको कार्य केही समयका लागि स्थगित गरेर उनीहरूलाई मतदान गर्न दिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ । संक्रमितहरूले प्रयोग गरेका मतदान स्थलमा सामग्रीहरू निःसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ । मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । मतदानस्थल मास्क अनिवार्य गरिएको छ । मतदानस्थलमा तापक्रम मापन गर्ने र दुई जना स्वास्थ्यकर्मीको रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ । मतदान स्थलमा सामाजिक दूरी अनिवार्य गरिएको छ । स्यानिटाइजरको प्रयोगलाई अनिवार्य गरिएको छ । मतदान सामग्रीहरूको अनिवार्य रुपमा निःसंक्रमण गर्नेुपर्ने स्वास्थ्य मापदण्डमा उल्लेख छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।