हामीसँग जोडिनुहोस

प्रधानमन्त्री देउवासँग अध्यक्षद्धय प्रचण्ड र नेपालको भेटवार्ता

आज गठबन्धनको बैठक बस्ने

1 मिनेट

काठमाडौं, ०७ माघ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपालले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा गठबन्धन दलको बैठक र समसामयिक विषयमा छलफल भएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । भेटमा आज दिउँसो चार बजेका लागि सत्ता गठबन्धनको बैठक बोलाउने सहमति भएको छ । यसअघि हिजो बस्ने भनिएको पाँच दलीय गठबन्धन समन्वय समितिको बैठक स्थगित भएको थियो । गठबन्धनको बैठक स्थगित भएपछि शीर्ष नेताबीच छलफल भएको हो । प्रधानमन्त्री एवम् कांग्रेसका सभापति शेरबहादुर देउवाले पालिकाको चुनाव अगाडि गर्नुपर्ने प्रस्ताव राख्नुभएको छ । तर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखरजेठमा संसदीय र कात्तिकरमंसिरमा पालिकाको चुनाव गर्नु प्रस्ताव राख्नुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।