हामीसँग जोडिनुहोस

हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गयो

1 मिनेट

काठमाडौं,२१ माघ ।
हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र सात वर्षीय अरबन्दी सदाको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले रुख ढल्दा दुवै जनाको ज्यान गएको हो ।
यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा इँटाको घर ढल्दा ४५ वर्षीया फुलमती देवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यसैबीच तीव्र हावाहुरीका कारण मधेस प्रदेश सभाको वार्षिकोत्सव समारोहसमेत स्थगित भएको छ । हावाहुरीले त्रिपाल र मञ्चमासमेत क्षति र्पुयाएको थियो । वार्षिकोत्सव समारोहका लागि जनकपुरमा रहेको प्रदेश सभा परिसरमा तयार पारिएको पन्डाल र टेन्ट उडाएपछि कार्यक्रम अन्तिम समयमा स्थगित गरिएको सभामुखका प्रेस सल्लाहकार प्रभाकर सिंहले जानकारी दिनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।