हामीसँग जोडिनुहोस

राष्ट्रपति भण्डारीद्वारा संसद्मा समिति प्रणाली राष्ट्रिय सभा विशेष पुस्तक सार्वजनिक

1 मिनेट

काठमाडौं,२१ माघ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद् सचिवालयले प्रकाशित गरेको संसद्मा समिति प्रणाली राष्ट्रिय सभा विशेष पुस्तक सार्वजनिक गर्नुभएको छ । राष्ट्रपति भवन शितल निवासमा शुक्रबार आयोजित कार्यक्रममा भण्डारीले राष्ट्रिय सभामा समिति प्रणालीको अवधारणा तथा अभ्यास लगायतका विषय समेटेर प्रकाशन गरिएको पुस्तक सार्वजनिक गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहाल, राष्ट्रिय सभा अन्तर्गतका समिति सभापति, राष्ट्रिय सभा सचिव लगायतको उपस्थितिमा शुक्रबार पुस्तक सार्वजनिक गरिएको हो ।
राष्ट्रपति भण्डारीले नयाँ संविधान जारी भएपछि गठन भएको राष्ट्रिय सभाले छोटो समयमा परिपक्वता देखाएको बताउनुभएको छ । राष्ट्रिय सभा स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिले निर्वाचित गर्ने प्रतिनिधिको संस्था भएकाले यसको भूमिका विशिष्ट भएको उहाँको भनाइ थियो । राष्ट्रिय सभाले आफ्नो विशिष्ट भूमिकाको पहिचान गरी नियमित कामसँगै अभिलेख व्यवस्थापन, अनुसन्धान र प्रकाशनमा समेत जोड दिएकोमा उहाँले प्रशंसा गर्नुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।