हामीसँग जोडिनुहोस

देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५ सय २६ जनामा कोरोना सङ्क्रमण पुष्टि

1 मिनेट

काठमाडौं,२१ माघ ।
देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार ५२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाको नमूना परीक्षण गरिएको थियो । छ हजार हजार ६५५ जनाले पिसिआर र चार हजार ४१८ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १६ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा आठ हजार ४२५ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या आठ लाख ९५ हजार ८६८ पुगेको छ । निको हुने दर ९२ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा पिसिआर विधिबाट कोरोना परीक्षण गरिँदा नौ लाख ६४ हजार ११९ र एन्टिजेन विधिबाट परीक्षण गरिँदा एक लाख ३३ हजार ४७० जना सङ्क्रमित भएको मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ५२ लाख ६३ हजार ८३० र एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या नौ लाख ८५ हजार ७८९ पुगेको छ । कूलमा सङ्क्रमण दर १८ दशमलव तीन प्रतिशत छ ।
कोभिड बिरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा पाँच लाख १३ हजार ५१ रहेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५६ हजार ४५७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ७९४ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव तीन प्रतिशत छ । प्रति १० लाख जनसङ्ख्यामा मृत्युदर ३८८ दशमलव दुई रहेको छ ।
हाल भेन्टेलेटरमा रहनेको सङ्ख्या जम्मा ५१ र आइसियूमा २४३ रहेको छ । होम आइसोलेसनमा ५५ हजार ९०, संस्थागत आइसोलेसनमा एक हजार ३६७ र क्वारेन्टिनमा १३३ जना रहेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।