हामीसँग जोडिनुहोस

हिमपातको रौनक : पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म पर्यटकको ओइरो (फोटो फिचर)

2 मिनेट

रानीकोटस्थित होटल हाइल्याण्डका सञ्चालक बकेँले भन्नुभयो, “कोरोनाले थला परेको पर्यटकीय क्षेत्रमा आज परेको हिउँले रौनक बढाएको छ, व्यवसायमा आशा पलाएको छ, आज हिउँ पर्न थालेपछि अचानक पर्यटकको आगमन बढेको छ, पर्यटक हिउँमा रमाएर धेरै पर्यटक बास बस्ने गरि आउँदा हामी खुसी भएका छौँ ।”

======================================================

भक्तपुर, २१ माघ : आज बिहान एकै छिन घाम झुल्किए पनि त्यसपछि पुनः परेको वर्षासँगैको हिउँपातले कोरोनाले थला परेको पर्यटकीय क्षेत्र नगरकोटदेखि रानीकोटसम्म आन्तरिक पर्यटकको ओइरो लागेको छ ।

आज दिउँसो १२ बजेदेखि हिउँ पर्न थालेपछि पर्यटकीय क्षेत्र सूर्यविनायक नगरपालिका–८ रानीकोटमा २ बजेपछि आन्तरिक पर्यटकको ओइरो लागेको पर्यटन व्यवसायी रामसुन्दर बकेँले जानकारी दिनु भयो ।

रानीकोटस्थित होटल हाइल्याण्डका सञ्चालक बकेँले भन्नुभयो, “कोरोनाले थला परेको पर्यटकीय क्षेत्रमा आज परेको हिउँले रौनक बढाएको छ, व्यवसायमा आशा पलाएको छ, आज हिउँ पर्न थालेपछि अचानक पर्यटकको आगमन बढेको छ, पर्यटक हिउँमा रमाएर धेरै पर्यटक बास बस्ने गरि आउँदा हामी खुसी भएका छौँ ।”

आज भक्तपुरका अधिकांश क्षेत्रमा हिउँले भरिएको छ । भक्तपुर वरिपरिका सबै डाँडाहरु हिउँले सेताम्मे भएका छन् । पर्यटकीय क्षेत्र चाँगुनारायण, त्रिशुल डाँडा, तेलकोट, नगरकोट, बतासे डाँडा, नगरकोट टावर, बोझिनी, कलमसीलगायतका क्षेत्रमा बाक्लो हिउँ परेको छ ।

हिउँ परे पछि पर्यटकीय क्षेत्र नगरकोटमा हिउँ खेल्न जाने र रमाउने आन्तरिक पर्यटकको ओइरो लागेको छ । दिउँसो १ बजे पछिनै नगरकोटमा आन्तरिक पर्यटक चाँप ह्वात्तै बढेको नगरकोटस्थित होटल मेरिगोल्डका सञ्चालक गोकूल लामिछानेले जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “दिउँसोदेखिनै आन्तरिक पर्यटकको चाप बढेको छ, राती बस्ने गरि धेरै पर्यटकहरु आउनु भएको छ, तीन वर्ष पछि नगरकोटमा परेको हिउँले पर्यटन व्यवसायमा थप उर्जा मिलेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।