रावण १४ । भुकम्पपछिको पुननिर्माण र स्थानीय सरकार संचालनविधि सम्वन्धीआवासीयतालिमराष्ट्र निर्माण मन्च नेपालको आयोजना र नुवाकोटको दुप्चेश्वर गाउ‘ँपालिकार सिन्धुपाल्चोकको मेलम्चीनगरपालिकासँगको सहकार्यमासम्पन्नभएको छ । स्थानियजनप्रतिनिधीहरुलाई पुननिर्माणसम्बन्धी नितीगतव्यवस्था र यससम्बन्धीकानूनीव्यवस्थाबारे बुझाउंदै भुकम्प पीडितलाई सेवाप्रवाहमा सहजीकरण होस भनेर कार्यक्रमआयोजनागरिएको थियो । साथै स्थानियनिकायको अधिकारक्षेत्रभीत्र पर्ने स्थानीय कर, खरिद प्रक्रिया, न्याय निरुपण, र मेलमिलाप जस्ता विषयमापनिस्थानियनिकायकाजनप्रतिनिधीहरुलाई विषय विज्ञ व्यक्तीत्वहरुले बुझाउने प्रयास गर्नुभएको थियो ।
कार्यक्रममा राष्ट्र निर्माण मन्च नेपालकाअध्यक्षएवमअधिवक्तानिर्मल कुमार उप्रेतीले स्थानीयजनप्रतिनिधीहरुको क्षमताअभिवृद्दी गरी जनताको सेवाप्रवाहलाई सरल र सहजबनाइजनताको न्यायमापहँुच स्थापितगर्ने उद्देश्यका साथ स्थानीय सरकारलाइतालिम संचालन गरीरहेको वताउनु भयो ।
तालिममा देवानी र अपराध संहिताको सन्दर्भमाक्रमश नेपालवार एशोसिएशनकाउपाअध्यक्षएवमअधिवक्ता रक्षा वस्याल र वरिष्ठ अधिवक्ता सुर्य प्रसादकोइराला , स्थानीय सरकारकाअधिकार र स्थानीय सरकारबाट हुने सिफारिस सम्वन्धमाअधिवक्ताविदुर प्र ढुगांना ,न्यायिक समितिको न्याय निरुपण प्रक्रीयाको सम्वन्धमाअधिवत्ता रामकृष्ण काफ्ले ,मेलमीलापका सम्वन्धमा विज्ञ उद्दव अधिकारी , पुननिर्माणको सन्दर्भमा राष्ट्रिय पुननिर्माण प्राधिकरणका लाल व वस्नेत , स्थानीयकानुनतर्जुमा र सुचनाको हक सम्वन्धमाअधिवक्तावसन्तआचार्य र स्थानीय कर, खरिद प्रक्रिया र ई सरकार सम्वन्धमा विज्ञ शुसिल सुवेदीलगाएतले अन्तरक्रियात्मकतवरवाट आफ्नाविषयवस्तुको प्रस्तुतीकरण गर्नुभयो ।
दुप्चेश्वर गा.पानुवाकोट र मेलम्चीन.पासिन्धुपाल्चोककाअध्यक्ष , उपाध्यक्ष ,वडाध्यक्षहरु ,न्यायिक समिति सदस्यहरु , कार्यपालिका सदस्यहरु र कर्मचारीहरु सहित ४५ जनाको उपस्थिति रहेको थियो ।कार्यक्रम समापनको क्रममा सहभागीहरुले तालिमफलदायी रहेको र आफ्नो कार्य क्षमताअभिवृद्दीसाथै जनताको सेवाप्रवाहलाइ सहज गराउनतालिमउपयोगिभएको विस्वास व्यक्तगर्नुभयो ।