हामीसँग जोडिनुहोस

युक्रेन र रसियाबाट माघसम्म १८ अर्ब ७३ करोड बढीको सामान आयात

1 मिनेट

काठमाडौं,१७ फागुन ।
युक्रेन र रसियाबाट माघसम्म १८ अर्ब ७३ करोड भन्दा बढीको सामान आयात भएको छ । भन्सार विभागको पछिल्लो तथ्यांक अनुसार दुई देशबाट माघसम्म १८ अर्ब ७३ करोड ६२ लाख रुपैयाँको सामान आयात गरेकोमा नेपालबाट १५ करोड २६ लाख ८६ हजार रुपैयाँ बराबरको मात्रै सामान निर्यात भएको छ । दुवै देशसँगको ७ महिनाको संयुक्त व्यापार घाटा १८ अर्ब ५८ करोड ३५ लाख २७ हजार व्यापार घाटा रहेको छ।
नेपालबाट मुख्यतया कार्पेट, चिया, पश्मिना, यार्सागुम्बालगायतका सामानहरु निर्यात भएका छन्। । युक्रेनबाट १४ अर्ब ४२ करोड ३३ लाख ६१ हजार रुपैयाँबाट सामान आयात गरेको छ भने नेपालले युक्रेनमा १५ लाख ७८ हजार रुपैयाँको मात्रै सामान निर्यात गरेको छ । युक्रेनबाट ९ अर्ब ५१ करोड ६३ लाख रुपैयाँको ५ करोड ७३ लाख ६४ हजार लिटर कच्चा सूर्यमुखी खाने तेल आयात भएको छ। कोल्जाको बिउ ३ अर्ब ९५ करोड रुपैयाँको आयात भएको छ । भटमासको कच्चा तेल पनि ७९ करोड ४७ लाख रुपैयाँ बराबरको आयात भएको छ । युक्रेनमा २ लाख ८४ हजार रुपैयाँ बराबरको कार्पेट, १ लाख ९३ हजार रुपैयाँ बराबरको यार्सागुम्बा, १ लाख ६१ हजार रुपैयाँ बराबरको चियालगायतका सामाग्री निर्यात भएका छन्। ।
त्यसैगरी, रसियाबाट ४ अर्ब ३१ करोड २८ लाख ५२ हजारको सामान आयात गरेको छ भने रसियामा १५ करोड ११ लाख ७ हजार रुपैयाँ बराबरको सामाग्री निर्यात गरेका छौं । रसियाबाट सबैभन्दा बढी आयात १ करोड ५२ लाख २८ हजार ४ सय ५७ लिटर कच्चा सुर्यमुखी खाने तेल २ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको आयात भएको छ भने ७८ लाख ४५ हजार १ सय किलो तोरीको दाना ७५ करोड ३० लाख रुपैयाँ बराबरको आयात भएको छ । रसियामा ७ करोड ३९ लाख ३२ हजार रुपैयाँ बराबरको कार्पेटका वस्तुहरु, चिया ६ करोड १३ लाख रुपैयाँ बराबरको निर्यात भएको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।