हामीसँग जोडिनुहोस

युक्रेन रुस युद्ध जारी ः ३५० युक्रेनीको मृत्यु

1 मिनेट

काठमाडौं,१७ फागुन ।
युक्रेनका प्रमुख शहरहरूमा हाल पनि युद्ध भइरहेको छ । अहिलेसम्म १४ बालबालिकासहित ३५० सर्वसाधारणको मृत्यु भएको छ । पाँच लाखभन्दा बढी मानिस घरबारविहीन भएका छन्। ।
२८ फेब्रुअरीमा रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता बिना निष्कर्ष सकियो। दुबै देश वार्ता जारी राख्ने कुरामा भने सहमत भएका छन्। । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युरोपेली संघको सदस्यता माग गरेका छन्। । संयुक्त राष्ट्र सुरक्षा परिषद र संयुक्त राष्ट्र महासभा दुवै रुसी आक्रमणको मामिलामा सक्रिय छन्। ।
संयुक्त राष्ट्र संघको विशेष सत्रमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियारको प्रयोगलाई कुनै पनि हालतमा जायज ठहराउन नसकिने बताएका छन्। । युक्रेनमाथिको आक्रमणका कारण रुसले विश्वव्यापी रूपमा एक्लोपनको सामना गरिरहेको छ । संयुक्त राज्य अमेरिकाले सोमबार १२ रुसी कूटनीतिज्ञलाई राष्ट्रसंघीय मिसनबाट फिर्ता हुन आग्रह गरेको छ ।
फेब्रुअरी २१ मा, रुसी राष्ट्रपति पुटिनले पूर्वी युक्रेनको दुई अलगाववादी क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएका थिए। यसको भोलिपल्ट नै सैन्य अपरेशन घोषणा गरेका थिए । अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले सोमबार युक्रेनमा रुसी आक्रमणको अनुसन्धान सुरु गरेको बताउनुभयो । उहाँले छिट्टै सुनुवाइ हुने बताउनुभयो ।
युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सुरक्षा परिषद्को स्थायी सदस्यताबाट रुसलाई हटाउन आह्वान गरेका छन्। । युक्रेनको उत्तरपूर्वी सहर ओखात्यारकामा आइतबार रुसी आक्रमणमा परी कम्तीमा ७० युक्रेनी सैनिकको मृत्यु भएको छ । यस क्षेत्रका प्रशासक दिमित्रो जायवेस्कीले रुसी आक्रमणमा एउटा सैन्य इकाई ध्वस्त भएको बताएका छन्। । एजेन्सी ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।